क्रिकेट रंगशाला बनाउन सरकारले आवश्यक सहयोग गर्छ : प्रचण्ड

4

काठमाडौं /   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने जानकारी दिएका छन् । विवादित रंगशाला चन्दा संकलन गरेर निमार्णको काम थालिए पनि सरकारले आवश्यक सहयोग गर्ने जनाए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले रंगशाला निमार्णका क्रममा देखिएका सामान्य विवाद समाधान भइसकेको जनाउँदै अब कामले तीव्रता पाउने दाबी गरे । उनले भने – ‘चन्दा उठाएर मात्रै यो सम्भव छैन, चितवन जिल्ला र समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोग गर्छ । प्रोत्साहन स्वरुप बजेट विनियोजन हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here