राष्ट्रपति भण्डारीले सर्वसाधारण जनतासंग खुट्टा धुलाएको प्रति प्रदेश–२ सरकारको कडा आलोचना !

29

राजविराज / प्रदेश–२ मा मंगलबार बसेको बैठकमा सरकारको क्रियाकलापविरुद्ध प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले कडा आलोचना गरेका छन ।

सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल तथा प्रमुख प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले गरिरहेको क्रियाकलापको आलोचना गरेका हुन् ।

बैठकको विशेष समयमा बोल्दै राजपाका प्रदेशसभा सदस्य विदेश्वर कुमार यादव , विक्कीले जनकपुर आएका राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण जनता संग खुट्टा धुलाएको प्रति खेद् व्यक्त गरेका छन । उनले –भने राजा महाराजाका दिन गए राष्ट्रपतिले महारानीको शैलीमा सर्वसाधारण संग खुट्टा धुलाउन लगाउनु अपराध हो ।

उनले प्रदेशको नामाकरण र राजधानी सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नसक्नु, सप्तरी मलेठ घटनाको प्रतिवेदन सार्वजनिक नगर्नु, प्रदेश सरकारको असफलता रहेको भनी आलोचना गरेका छन् ।

उनले पत्रकार पाउँदै आएको लोककल्यणकारी विज्ञानपनको पैसा भुक्तानीमा समस्या देखिनु प्रदेश सरकारको लापरवाही रहेको जनाए । प्रदेशमा रहेका सवै संचारमाध्यमहरुलाइ प्रदेशबाट दिने विज्ञापनहरु समानरुपमा वितरण गर्नु पर्ने बारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराए ।

त्यस्तै प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारले विनियोजित बजेटमा भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले अर्बौ रुपैयाँ रकामान्तर गरेको आरोप लगाउँदै त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे ।

राजपाकै अर्का सदस्य डा। रिना यादवले प्रदेशमा बढ्दै गएको महिला हिंसाप्रति प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाइन्। उनले जनता आवास कार्यक्रम लगायत अन्य योजना र पदमा प्रदेश सरकारले हामीसँग विभेद गर्दै आएको आरोप समेत लगाएकी छिन् ।

मुख्यमन्त्री लालबाबु राउतले सदस्यबाट गरिएको आलोचनाको जवाफ दिँदै बजेटको नीति तथा कार्यक्रम, जनता आवास कार्यक्रम लगायतका कुरामा प्रदेश सरकारबाट गल्ती भएको स्वीकार्दै आगामी दिनमा यी गलती सच्याएर सबै सदस्यलाई समेटेर जाने गरी नीति तथा कार्यक्रम र बजेट तथा योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here