कार्ल माक्र्सको दुईशतवार्षिकी र मालेमावादको जन्मबारे

12

-हुकुमबहादुर सिंह

कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनको राइन प्रदेश भित्र पर्ने ट्रियर नगरमा भएको थियो । त्यसैले कार्ल माक्र्सको दुईशतवार्षिकी मई ५, १९१९ का दिनलाई विश्वभरका साथै नेपालका सबै क्रान्तिकारी, संसदवादी र संशोधनवादी कम्युनिस्टहरुले मनाए । क्रान्तिकारीहरुले कार्ल माक्र्सको द्धिशतवार्षिकी मनाउनु आफैमा गौरवको कुरा हो तर अचम्म के छ भने नेपाल लगायत संसारभरका संशोधनवादीहरुले पनि यो दिवस मनाएका छन् । उनीहरुले ठूला–ठूला सभा तथा गोष्ठिहरु र अन्तरक्रियाहरु गरेर यो दिवस मनाएको प्रचार गरिरहेका छन । यो उनीहरुको रुप पक्ष हो, जसले माक्र्सवादलाई सारमा मार्न चाहन्छन् ।

लेनिनले रुसमा १९१७ अक्टोवरमा महान सर्वहारा क्रान्ति गर्नु भयो । जसलाई हामी लेनिनवाद भन्दछौ ।

माक्र्सवादी सिद्धान्तको भित्रि गुदी–माक्र्सवादका तीन संघटक अंगहरु– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासक्रमलाई इन्कार गर्ने ,वैज्ञानिक भौतिकवादको पक्षपोषण नगरी आदर्शवाद तथा अधिभूतवादको पक्षपोषण गर्ने, वर्ग, वर्ग संघर्ष, बल प्रयोगको मान्यता, र सर्वहारावर्गको अधिनायकत्व र साम्यवादको सिद्धान्तलाई इन्कार गर्ने र भन्ने आफूलाई माक्र्सवादी । के स्पष्ट छ भने एउटा क्रान्तिकारी कम्युनिस्टका लागि माक्र्सवादका तीन संघटक अंगहरु– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकास प्रक्रियालाई सही रुपमा बुझ्न जरुरी छ । र यहाँ दर्शन भन्नाले द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो, जसलाई हामी माक्र्सवादी दर्शन भन्दर्छाै । किनभने यो विश्वमा स्थापित सबै खाले आदर्शवाद तथा अधिभूतवादका विरुद्ध वैज्ञानिक भौतिकवादको पक्षपोषण गर्दछ । माक्र्सको राजनीतिक अर्थशास्त्रले उत्पादकशक्ति र उत्पादक सम्वन्ध, आधार र उपरी संरचना, सामाजिक सत्ता र सामाजिक चेतना, उत्पीडक र उत्पीडित वर्गको बीचको संघर्ष, मूल्यको श्रम सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित छ । माक्र्सको समाजवाद वैज्ञानिक समाजवाद हो । यसले वर्ग, वर्ग संघर्ष, बल प्रयोगको मान्यता, र सर्वहारावर्गको अधिनायकत्व र साम्यवादको सिद्धान्तमा आधारित छ । माक्र्सवाद सारमा सर्वहारा क्रान्ति र मुक्तिको सिद्धान्त हो । माक्र्सले वारम्वार भनेको के हो भने विश्वका अन्य दार्शनिकहरुले विश्वलाई बुझने र व्याख्या गर्ने काम मात्रै गरे तर विश्वलाई बुझने र व्याख्या मात्रै गरेर मूलप्रश्न र मूल कुरा त विश्वलाई बदल्ने नै हो ।

के नेपालका संशोधनवादीहरुले यी उल्लेखित माक्र्सवादी सिद्धान्तका मूल पक्षहरुलाई आत्मसात गर्ने हिम्मत राख्छन् ? बिल्कुलै राख्दैनन् । साथै उनीहरुले माक्र्सवादको विकास कसरी लेनिनवाद र माओवादमा भयो ? त्यो विकास प्रक्रियालाई पनि मान्दैनन् । अनि कसरी उनीहरुले चर्को गरी आफूलाई कम्युनिस्ट भनिरहेका छन् , माक्र्सवादका अनुयायी भन्न सकेका होलान् ?

आज हामी माक्र्सवाद–लेनिनवाद–माओवाद अर्थात मालेमावाद भन्दछौ ।

यहाँ माक्र्सवादको विकास कसरी लेनिनवाद र माओवादमा भयो ? संक्षिप्त चर्चा गरौ माक्र्सवादको यही वैज्ञानिकतालाई पुष्टी र थप विकास गदै लेनिनले रुसमा १९१७ अक्टोवरमा महान सर्वहारा क्रान्ति गर्नु भयो । जसलाई हामी लेनिनवाद भन्दछौ । यसरी माक्र्सवाद–लेनिनवाद बन्यो । सही कम्युनिस्टहरुले आफूलाई माक्र्सवादी–लेनिनवादी भन्न थाले । लेनिनले रुसी धरतीमा माक्र्सवादको सफल प्रयोग र विकासको बीचबाट लेनिवादको जन्म गराउनु भयो । त्यसैगरी चीनमा माओले माक्र्सवाद र लेनिनवादको सफल प्रयोग गरेर माक्र्सवाद तीन संघटक अंगहरुमा र लेनिनवादमा थप विकास गर्नु भयो । जसलाई हामी माओवाद भन्दछौ । तर नेपाल र विश्वमा अझै माओविचारधारा मान्ने कम्युनिस्टहरु पनि छन् । माक्र्सवाद–लेनिनवादको विकासमा माओले विकास गरेका विभिन्न अवधारणाहरु, सिद्धान्तहरु जस्तै कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर किसानको मित्रतामा आधारित नयाँ जनवादी क्रान्ति, दर्शनवारे माओको योगदान र त्यसै गरी अर्थशास्त्रमा उहाँले दिएका योगदानहरु उल्लेखनीय छन् । माओले चीनमा संशोधनवादलाई परास्त गर्न सुरु गरेको महान सर्वहारा सास्कृतिक क्रान्तिकै दौरानमा उहाँको निधन भयो र महान सर्वहारा सास्कृतिक क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन ,त्यो माक्र्सवाद–लेनिनवादको विकासको एउटा अर्को महत्वपूर्ण उपलव्धी थियो । माक्र्सवादको विकास र रक्षाको दौरानमा लेनिनले माक्र्सवादको रक्षा मात्रै गर्नु भएन, अपितु यसको खजानामा महत्वपूर्ण प्रस्थापनाहरु पनि थप्नु भयो, जसलाई आज हामी माक्र्सवाद–लेनिनवाद भन्दछौ । त्यसैगरी माओले माक्र्सवाद–लेनिनवादको रक्षा मात्रै गर्नु भएन, यसको खजानामा महत्वपूर्ण प्रस्थापनाहरु पनि थप्नु भयो, जसलाई आज हामी माक्र्सवाद–लेनिनवाद–माओवाद अर्थात मालेमावाद भन्दछौ । -Singhhukum683@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here