‘मरिचमान–कम्प्लेक्स’बाट प्रताडित मुलुक रहेछ– नेपाल !

63

चन्द्रप्रकाश बानियाा
आन्दोलनरत मधेसी जनताका प्रतिनिधिहरूसागको पछिल्लो वार्ता सकारात्मक रहेको उत्साहजनक सन्देशबाट मुलुकले विगत ४० दिनदेखि भोगिरहेको नाकाबन्दीको समस्या समाधान हुने आशा पलाएको थियो । वार्ता सकारात्मक रहेको सरकारी बयान त सायदै कसैले पत्याउादो हो ? स्वयं मधेसी नेताहरूका तर्फबाट सकारात्मक र उत्साहजनक अभिव्यक्ति सार्वजनिक भइसकेपछि परिस्थिति आशालाग्दो बनेको विश्वास जनतामा पलाएको हो । त्यसै दिन भक्तपुरतिर कतै सार्वजनिक भएको प्रधानमन्त्रीको अभिव्यक्ति भने जनताको आशामा तातोपानी खन्याउने खालको थियो । तापनि ‘उनको बानी नै त्यस्तै हो’ भनेर मधेसी नेताहरूको मुख र आफ्ना कानहरू साक्षात्कार भएको घटनाप्रति अविश्वास गरिहाल्ने मनस्थितिमा जनता थिएन । तर जनताको आशा, विश्वास र अपेक्षाविपरीत रातारात परिस्थितिले कोल्टे फेर्‍यो ।

प्रधानमन्त्रीको रुखो अभिव्यक्ति सार्वजनिक भएको बाह्र घण्टा पनि नबित्दै गृहप्रशासनको निर्देशनमा वीरगञ्ज नाकामा विगत ४० दिनदेखि निरन्तर जारी रहेको जनताको धर्नामा पुलिसले बर्बर ताण्डव प्रदर्शन गर्‍यो । तत्कालीन माओवादीसाग सकारात्मक बन्दै गरेको वार्तालाई भाड्ने निहित उद्देश्यबाट तत्कालीन शाही सेनाले दोरम्बामा घटाएको हत्याप्रकरणकै पुनरावृत्ति यसपटक सरकारी पक्षबाट गरियो र बन्दै गरेको सकारात्मक वारणवरण पुन: धमिल्याउने मूर्खता प्रदर्शन गरियो । धर्नारत सर्वसाधारणहरूमाथि हतारमा गरिएको सरकारी आक्रमणलाई सुझबुझपूर्ण कारबाही थियो भन्न मिल्दैन । दमन र हस्तक्षेपका सबै सरकारी हथकण्डाहरू असफल प्रमाणित भइसकेको अवस्थामा अर्धरात्रीको अवसर छोपेर छामामार शैलीमा धर्नाधारीहरूमाथि आक्रमण गर्नुको परिणाम सुखद हुनेछ भनेर कल्पना गर्नुभन्दा ठूलो मूर्खताको उदाहरण अर्को सायदै भेटिएला ।
हुन त प्रजातन्त्रको पुनस्र्थापनापछिको अधिकांश कालखण्डमा नेपालको सुरक्षा संयन्त्रको जिम्मा बज्रस्वााठहरूको हातमा रहेको कुरा तीतो यथार्थ हो । त्यसमाथि नयाा सरकार गठनपछि मन्त्रालय सम्हाल्ने अवसर पाएका सबै नयाा अनुहारहरू आला, कााचा र नौसिखिया रहेको भनेर हुने गरेको सार्वजनिक टिप्पणीलाई पछिल्लो घटनाले पुष्टि गरिदिएको छ भन्न लाज मान्नुपर्दैन । मुलुकको समस्याप्रति सरकार संवेदनशील र जिम्मेवार भइदिएको भए सहज बन्दै गरेको वातावरण पुन: धमिलिने खालको गतिविधि गर्ने भूल दोहोर्‍याउने थिएन । तीन महिनादेखि तराई मधेस आन्दोलनरत रहेको सन्दर्भमा गम्भीरतापूर्वक ख्याल गरिनुपर्ने कुरा के थियो भने राजधानी बाहिर सायद यति ठूलो र यति लामो आन्दोलनमा सर्वसाधारण जनता निरन्तर सहभागी भएको इतिहास थिएन । विनाकारण परचक्रीको उक्साहट र निर्देशनमा सर्वसाधारणहरू तीन–तीन महिनासम्म सडकमा उत्रन्छन् भनेर मान्नुभन्दा ठूलो अविवेकपूर्ण भ्रम अर्को हुन सक्तैन । आन्दोलनको प्रकृति र जनसहभागिताको परिमाणले त्यसको पछि गम्भीर कारण छ भनेर मान्नैपर्ने हुन्थ्यो र त्यसलाई सम्बोधन गर्ने सदाशय र तदारुकता सरकारी पक्षबाट प्रदर्शन हुन आवश्यक थियो । तर सरकार भने त्यो समस्याप्रति संवेदनाहीन देखिनु सबैभन्दा ठूलो दुर्भाग्यको विषय हो ।
सरकारको पछिल्लो गल्तीले परिस्थितिलाई थप जटिल बनाइदिएको छ । नाकाबन्दीको कारण जेसुकै होस् त्यसबाट उत्पन्न भएको समस्या केवल इन्धनको अभाव मात्रै होइन । इन्धन आयातको विकल्प अरु पनि होलान् । निर्विकल्प त कुनै कुरा पनि हुादैन । समयक्रममा त्यतातिर सोच्नुपर्ने र वैकल्पिक व्यवस्था गर्नुपर्ने आवश्यकता आफ्नो ठाउामा उचित पनि होला । तर पछिल्लोपटक सरकारले देखाएको तुजुक भने मुलुकलाई दीर्घकालसम्म अप्ठेरोमा पार्ने दुर्बुद्धिभन्दा अरु केही नठहर्ने कुरा प्रमाणित हुन थालेको छ । भविष्यमा आइलाग्न सक्ने यस्ताखाले सबै समस्याबाट मुलुकलाई त्राण दिलाउने सदाशय र सतर्कता नै हो भने पनि पहिले भारतसाग बिग्रेको सम्बन्ध सुधार गरेर मात्र अन्य विकल्पतिर लागेको भए राम्रो हुन्थ्यो । भारतलाई देखाइदिने आवेगयुक्त तुुजुकस्वरूप विकल्प खोज्दा न त नयाा विकल्पले समस्याको सम्पूर्ण समाधान दिनसक्ने न त भारतसागको पुरानो सम्बन्ध पुनस्र्थापित गर्न सहज वातावरण बन्ने अत्यन्त जटिल परस्थिति निर्माण हुन गएको छ ।
हो, विशेष सम्बन्ध रहेको भनिएको दक्षिणवर्ती छिमेकी मुलुकका तर्फबाट नेपालको इतिहासमा पटक–पटक हेपिने, चेपिने र समस्यामा पर्ने परिस्थिति नियतवश नै निर्माण हुादै आएको छ । त्यसको कारणमा जति उसको हेपाहा प्रवृत्ति उत्तरदायी छ, त्योभन्दा बढी हाम्रो नेतृत्वको उसैप्रति मुलुकलाई पराश्रित बनाउनमा रमाउने प्रवृत्ति जिम्मेवार रहादै आएको छ । दुर्भाग्यको कुरा के हो भने छिमेकीहरूसाग सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा कूटनैतिक कौशल देखाउन असफल र असमर्थ इतिहासपात्र मरिचमानहरूलाई नायक मान्ने नेपाली मानसिकताले यस पटक पनि नेताहरूको मूढमतिलाई धाप मिलेको छ, स्याबासी मिलेको छ । प्रेरणा मिलेको छ । स्वाभिमानको अर्थ करेसामा लुकेर कसैलाई धारे हात लगाउनु किमार्थ होइन । स्वाभिमानको अब्बल चेतना हुनेहरूले छिमेकीहरूको हाराहारीमा सम्मानजनक रूपमा उभिनसक्ने परिस्थिति र हैसियत निर्माण गर्नेतिर ध्यान केन्द्रित गर्नुपर्ने हो । निजी स्वास्थ्य समस्यादेखि छोराछोरीको शिक्षादीक्षा मात्रै होइन, दानापानीको निर्वाहको लागि समेत उतैको आशा गर्ने प्रवृत्ति र परम्परामा हाम्रो देशको नेतामण्डली हुर्किएको छ भन्न लाज मान्नुपर्दैन । नितान्त व्यक्तिगत व्यवहारका लागि समेत अर्कामाथि निर्भर रहने क्षुद्र मगन्ते चिन्तनधारीहरूबाट मुुलुकलाई आत्मनिर्भरतातिरको मार्गमा डोर्‍याउने बुद्धि, विवेक, सामथ्र्य र चातुर्यको कल्पनातित कामना गर्ने हामी नेपालीहरू नै महामूर्ख होइनौा भन्ने आधार छैन । त्यसैले नेताजीहरूको होइन, हामी नेपाली जनता आफ्नै नालायकीको सजाय भोग्न अभिशप्त हुादै आएका छौा र निकट भविष्यमा यो दुर्भाग्यपूर्ण नियतिबाट मुक्ति पाउने सम्भावना पनि देखिादैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here