ब्रिगेड ब्वाइज ललित स्मृति कप यू-१८को सेमिफाइनलमा

4

काठमाडौं / ब्रिगेड ब्वाइज क्लब ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा एपीएफलाई पराजित गर्दै साविकको विजेता ब्रिगेडले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । ब्रिगेडले एपीएफलाई २-१ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्पलेक्समा ब्रिगेडको जित दिलाउन बृजेश चौधरी र रोशन राना मगरले समान एक(एक गोल गरे । उता एपीएफका लागि बिपिन थापा मगरले एक गोल गरे । खेलको तेस्रो मिनेटमा बृजेशले गोल गर्दै ब्रिगेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५१ औँ मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडको अग्रता दोब्बर बनाए । उता एपीएफका लागि इन्जुरी समयमा बिपिनले गोल गरेका थिए । अब ब्रिगेडले फाइनल प्रवेशको लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here