अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प

6

सिड्नी / अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । पश्चिमी अष्ट्रेलियाको ब्रुम शहरबाट २०६ किलोमिटर टाढा ३३ किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भौगर्भिद सर्भेले जनाएको छ ।

पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थसम्म कम्पन महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले केही भवन हल्लाएको र पसलमा राखिएको सामान खसेपनि मानवीय क्षतिबारे भने केही विवरण सार्वजनिक भइसकेको छैन । अष्ट्रेलियन अधिकारीका अनुसार पश्चिम अष्ट्रेलियामा निकै दुर्लभ रुपमा मात्र भूकम्प जाने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here