शेयर बजारमा नेप्से परिसूचक स्थिर

6

काठमाडौं / बिहीबार शेयर सामान्य रहेको छ । आर्थिक वर्षको अन्त्य भएको कारणले बजारमा चहलपहल कम भएको देखिन्छ । खरिदकर्ता र विक्रीकर्ता न्यून भएकाले कारोबार रकम बुधबार भन्दा घटेको छ । शेयर बजारमा परिसूचक नेप्से सामान्य रहेको छ । सेन्सेटिभ परिसूचक पनि स्थिर रहयो । १ सय ७२ कम्पनीको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई मर्जरमा लैजाने भएपछि शेयर बजारमा सस्तो मूल्य भएका बैंकको शेयरको माग बढेको छ । तर आर्थिक वर्षको अन्तीम भुक्तानीको समय भएकाले बजारमा खरिदकर्ताको चहलपहल न्यून रहेको छ ।

जसको असर बिहीबारको शेयर बजारमा देखियो । जसले गर्दा कारोबार रकम पनि बुधबार भन्दा ११ करोडले घटेको छ । बजारमा सिभिल बैंक, सेन्चुरी बैंक, नेपाल बैंक लगायतका बैंकहरुको कारोबार बढेको छ । केही बैंकको शेयर बढेपनि लगानीकर्ताले कर र ब्याज भुक्तानी गर्ने समय भएकाले खरिद र विक्रीचाप न्यून भएको छ । जसले गर्दा नेप्से प्रभावित भएको छ । लगानीकर्ताले मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्रलाई कसरी व्यवस्थापन गरिन्छ भनेर पनि मौद्रिक नीतिको पर्खाइमा छन् । यसको असर पनि शेयर बजारमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here