आज बिहानै विप्लव नेकपा र प्रहरीबीच गोली हानाहान

50

 काठमाडौं / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच आज (बुधवार) विहान भोजपुरमा गोली हानाहान भएको छ । गोली हानाहानमा दुई जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

प्रहरीको गोलीबाट विप्लव कार्यकर्ता र विप्लव कार्यकर्ताको गोलीबाट एक जना प्रहरीको मृत्यु भएको छ । गोली प्रहारबाट विप्लव नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज निर कुमार राइ र प्रहरी जवान संजिव राइको मृत्यु भएको छ । घटनामा गोली प्रहारबाट प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएको छन् ।

भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो । बु्धवार विहानै गोली चल्दा दुई जनाको ज्यान गएको छ भने स्थानीयबासी त्रसित बनेका छन् भने प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

सरकारले राजनीतिक रुपमै प्रतिबन्ध लगाएर विप्लव नेतृत्वको नेता कार्यकर्ताहरुलाई धरपकड गर्ने र विभिन्न काल्पनिक मुद्दाहरु सृजना गरेर जेलमा राख्ने गतिविधिसंगै मुठभेडका बहानामा एकतर्फी गोली हानेर घाइते बनाउने र मार्नेसम्मका गतिविधिहरु बढाएसंगै प्रतिबन्धित पार्टीले पनि हिंसात्मक गतिविधिलाई नै प्राथमिकतामा राखेर आगजनी र तोडफोडका कामहरु सुरु गरेको पाइएको छ ।

यो पनि पढ्नुहोस् :

लौ सुरु भयो अब हिंसात्मक गतिविधि , वडा कार्यालयमा आगो लगाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here