‘कबड्डी कबड्डी कबड्डी’ टिजर सार्वजनिक

13

काठमाडौं / नेपाली कथानक चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो । १३ भाद्र प्रदर्शन मिति घोषणा गरेको चलचित्रको टिजरमा अभिनेता दयाहाङ राई (काजी) रीश्मा गुरुङ ‘मैना’ लगायतको अभिनय देखिएका छन् । टिजरमा अभिनेत्री उपासना सिंह ठकुरीसँग दयाहाङसँगको प्रेम र रोमान्स पनि देखाइएको छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको कथाबस्तुमा आधारित भएर निर्माण भएको चलचित्र बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । चलचित्रमा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here