असार ४ गते गुथि विधेयक विरुद्ध विशाल जनप्रदर्शन

7

काठमाडौं / आगामी असार ४ गते बुधवार लक्षित गरि माइतिघर मण्डलामा गुथि विधेयक विरुद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ । काठमाडौंका ज्यापु समुदाय ३२ गते सडकमा आउने गुथि विधेयक विरुद्ध आन्दोलनरत नेवाः समुदायले दिनदिनै सडकमा प्रदर्शन गरेका छन् । विहिवार ललितपुरका जातीय समाजहरुको संयुक्त मोर्चा गुथि विधेयक विरुद्ध संघर्ष समिति ललितपुको आयोजनमा भएको जनप्रदर्शनमा हजारौं हजार स्थानीयवासीहरु सहभागीता जनाएका थिए । कार्यक्रममा नेपाली भाषाका साथै नेपालभाषामा पनि गुथि विधेयक खारेज गर्नुपर्ने माग गर्दे मानव सागर उर्लिएको थियो । मंगलवजारवाट निस्केकोको उक्त विशाल जुलुस परिक्रमा पछि मंगलबाजरमै पुगेपछि सभा गरेको थियो ।

सभामा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, लाहुर्निपका सचिव अधिवक्त शंकर लिम्बु, ताम्राकार समाजका अध्यक्ष रविन्द्रबहादुर ताम्रकारले नेवाः समुदायको गुठी, संस्कृति संरक्षणको लागि, पहिचानका लागि, गुठी विधेयक खारेज गर्नका लागि जनताहरुले आन्दोलनमा सहभागी भएको बताउदै गुथि विधेयक खारेज नगरेसम्म आन्दोलन गर्ने चेतावन दिएको थियो । त्यसैगरी भोली शनिवार जेठ ३२ गते बसन्तपुरवाट पनि प्रदर्शन गर्ने भएको छ । काठमाडौंका ज्यापु समुदाय पनि आन्दोलनमा उत्रने भएका छन् । ज्यापु महागुथि येँ महानगर समितिको आयोजनामा हुने सो प्रदर्शनमा काठमाडौंका परम्परागत ६३ टोलका ज्यापु गुथिका गुथियारहरु सहभागी हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here