चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा पक्राउ

4

काठमाडौं– काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित बिटेरी फार्मेसी र निलोपुलस्थित भैलबम फार्मेसीमा चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिटेरी फार्मेसीका संचालक सुकेधारा बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भएका बिनोद कुमार राउत र भैलबम फार्मेसीका संचालक काठमाडौं महानगरपालिका–४ निलोपुल बस्ने नन्द बहादुर बिष्ट रहेका छन् । दुबै फार्मेसीमा प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here