पुरुष नर्सबाट ८५ बिरामीको हत्या

17

काठमाडौं / अस्पतालमा काम गर्ने हरेक नर्सको जिम्मेवारी विरामीको सेवा गर्नु हो । बिरामी छिटो निको गराउनमा नर्सको हेरचाह र व्यवहारले ठूलो भूमिका खेलेको हुन्छ । तर जब कुनै नर्स नै विरामीको मृत्युको कारक बन्छन् भने स्थिति के होला ? एउटा यस्तो घटना भएको छ, जुन सुन्दैमा त्रसित हुने खालको छ ।

हामीले मानव हत्याका अनेक खालका घटनाहरु सुनेका छौँ । तर एकजना नर्सले गरेको यो हत्या निकै भयानक तथा दर्दनाक छ । घटना जर्मनीको हो । त्यहाँ एकजना पुरुष नर्सले ८५ जना बिरामी मानिसको हत्या गरेको खुलासा गरेको छ । यस घटनाको सार्वजनिक भएसँगै तहल्का मच्चिएको छ त्यहाँ । ती खुंखार हत्यारा पुरुष नर्सलाई आजीवन कैदको सजायँ भएको छ ।

ती भयानक अपराधीको नाम निल्स होगले हो । उनको अपराध मानवीय कल्पनाभन्दा पनि टाढाको रहेको न्यायाधीश सेबेस्टियन बुर्हम्यानले जनाएका छन् । सन् २००० देखि २००५ को बीचमा निल्सले अस्पतालमा विषाक्त सुई लगाइदिएर ८५ जना विरामीको हत्या गरेका थिए । उनीमाथि हत्याका अन्य ६ वटा घटनामा यसअघि नै जन्मकैद भैसकेको थियो । पछिल्लो पटक थप ८० जना विरामीको हत्या गरेको समेत पुष्टि भएपछि उनी विरुद्धको सजायँ खप्टिएको छ ।

उनको अपराध प्रमाणित गर्नका लागि अन्त्येष्टि गरिसकिएका १ सय ८० वटा लासलाई उत्खनन गरी परीक्षण गरिएको थियो । उनले अझै धेरै व्यक्तिको ज्यान लिएको हुनसक्ने र त्यो संख्या २ सय भन्दा धेरै हुनसक्ने आशंका पुलिसको छ । ती व्यक्ति अहिले मानसिक स्थिति बिग्रिएको अवस्थामा छन् । सन् २००५ मा एक विरामीलाई विषालु सुइ दिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here