आज २५६३ औँ बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम गरी मनाईँदै

8

काठमाडौं- आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६३ औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाईँदै छ ।

नेपालको लुम्बिनीमा इसा पूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछन् ।

शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ गौतमले भारतको बोधगयामा लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभर प्रख्यात भए ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीलगायत काठमाडौंको स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा तथा मुलुकका विभिन्न गुम्बा तथा विहारमा बुद्ध धर्मावलम्बीको घुइँचो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here