७८ लाख घुस लिएको स्वीकारेका राजनारायण पाठकको विशेष अदालतमा बयान

12

कठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् ।

अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको इजलासले उनको बयान लिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको आरोप लागेपछि आयोगले पाठकमाथि छानबिन गरेको थियो ।

७८ लाख रकम पाठकले घुस लिएको अडियो–भिडियो सार्वजनिक भएपछि गएको फागुन ३ गते पदबाट राजीनामा दिने वित्तिकै आयोगले पाठकमाथि अनुसन्धान थालेको थियो । उनले अख्तियारमा बयान दिँदै आफूले घुस लिएको स्वीकार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here