सरकार प्रेसप्रति संकुचित नबन्न सम्पादक पाण्डेको सुझाव

116
Nimkant Pandey

काठमाडौं / जनधारणा साप्ताहिक एवम् स्वाभिमान डटकम (www.swaviman.com) अनलाइनका सम्पादक निमकान्त पाण्डेले प्रेस जगतलाई संकुचित नबनाउन सरकारसित अनुरोध गर्नुभएको छ ।

प्रेस जगतले सत्ता पक्षको स्तूती गरोस् भन्ने चाहना सरकारले राख्न नहुने सुझाव पाण्डेको रहेको छ । प्रेस जगतलाई चौथो अंङ्गको रुपमा विश्वव्यापी रुपमै मान्यता दिइएको छ । तर पनि सरकार सञ्चालकहरुको संकुचित मानसिकताले गर्दा प्रेस जगतमाथि आक्रमण भइरहेका छन् ।

प्रेस जगतमाथि भइरहेका घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई जनताको चाहना र जनतामाथि हुने थिचोमिचोबारे जानकारी गराउने माध्यम भनेकै प्रेस हो भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्नुपर्नेमा उल्टो परिणाम देखापरेकोमा सम्पादक पाण्डेको आपत्ति रहेको छ । नेपाल सरकारले नेपाली प्रेस जगतलाई संकुचित बनाउन प्रयास गरिरहेको आरोप लगाउँदै संसदमा सञ्चारमन्त्रीबाट पेश गरिएको सञ्चार सम्बन्धी विधेयक पारित नगरियोस भनेर चेतावनी पनि पाण्डेले दिनुभएको छ ।

प्रस्तुत छ सम्पादक पाण्डेले डाँफे टिभिलाई दिनुभएको अन्तर्वार्ताको पूर्ण विवरण भिडियो सहित :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here