जनताको अपेक्षा बुझ्नै नसक्ने कस्तो कम्युनिष्ट सरकार होला यो ?

23

– चन्द्रप्रकाश बानियाँ

सरकारको यस वर्षको नीति तथा कार्याक्रम संसदबाट पारित भैसकेको छ । सरकारले तयार गरेको नीति तथा कार्यक्रमको दस्तावेज संसदमा वाचन गरिदिएवापत राष्ट्रपतिलाई धन्यवाद प्रदान गर्ने प्रस्ताव सरकारले प्रस्तुत गर्छ । त्यही धन्यवादको प्रस्ताव पारित हुनुलाई नीतिकार्यक्रम पारित भएको मानिन्छ । बैशाखको अन्तिम साता नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । यो एउटा नितान्त औपचरिक कार्यक्रम मात्र हो । किनकि संसदीय बहुमतबाट सरकार बनेको हुन्छ र सरकारले प्रस्तुत गर्ने प्रस्तावको पक्षमा स्वतः बहुमत पुग्दछ । छलफल, बहस वा संशोधनको जिकिर व्यर्थ हो । संशोधन परिमार्जनको सम्भावनै रहँदैन । त्यसो भैहाल्यो भने त्यो दुर्घटना मानिन्छ । त्यस्तो अवस्थामा ०५१ को गिरिजा प्रसाद कोइराला सरकारको जस्तै हविगत हुन्छ । अर्थात दुईतीहाई बहुमतबाट बनेको सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित हुनु थियो,भयो । कमा र पूर्णविरामसम्म पनि परिवर्तन हुने सम्भावना थिएन, भएन ।

यो साताभर राष्ट्रपतिद्वारा वाचन गरिएको सरकारको नीति तथा कार्यक्रममा प्रयुक्त भएको ‘मेरो सरकार’ भन्ने शब्दावली सर्वाधिक चर्चामा रह्यो । संवैधानिक राष्ट्रपतिको मुखारविन्दबाट पाठ गराइएको तर शाही परम्पराको झलक दिने वाचन नेपाली समाजले भने सजिलैसँग पचाउन सकेन । समय परिस्थितिको चापले स्थिति परम्पराहरू बदलिन्छन् । सुधारिन्छन् । फेर्नुपर्ने वा परिमार्जन गर्नुपर्ने आवश्यकता अनिवार्य वाध्यता बन्न जान्छ । समाज विकासको सिलसिलामा मानव समाजमा त्यस्ता अगणित परम्पराहरू फेरिएका छन् । प्रचलनबाट हराएका छन् । परिमार्जन परिवर्तनको सिलसिला निरन्तर चलिरहन्छ । हिजो जस्तो थियो आज पनि त्यस्तै रहनुपर्छ भन्नु जडचिन्तन हो । जबर्जस्तीले परम्पराहरूको आयु लम्विदैन । समयको आवश्यकता र समाजको रुचिमा परम्पराहरूको परिमार्जन हुन्छ । आवश्यकता ठानिए पूर्व परम्पराहरू तोडिन्छन् । सायद नेपाली समाजले यतिखेर व्यक्त गरेको आसय त्यही थियो । सरकारले जनताको नाडी छाम्न सकेन । त्यस्तो इच्छा नै देखाएन ।

आफूलाई कट्टर संसदवादी पार्टी भन्न रुचाउने नेपाली काँग्रेसले समेत यसपटक राष्ट्रपतिको मुखारविन्दबाट झरेको ‘मेरो सरकार’ पचाउन सकेन । प्रत्यक्ष निर्वाचित कार्यकारी निरंकुश हुन्छ भन्ने निहुँ थापेर वेलायती संसदीय परम्पराबाट यताउता गर्दैनगर्ने लिँडेढिपी कस्ने नेपाली काँग्रेसमा समयचेत पलाउनु निश्चयनै राम्रो कुरा हो । जुनसुकै नाम र अडानमा जीर्ण परम्पराहरूको सती जाने कुरा उपयुक्त होइन । रूपान्तरणको अभ्यास यस्तै झिना मसिना कुराहरूबाट हुुदै जाने हो । नेपाली कांग्रेस पनि समयको आवश्यकता अनुरूप जब्बर परिवर्तनको पक्षधर बनेर प्रकट हुने लक्षण देखिनु स्वागतयोग्य विषय हो । तर काँग्रेसमा देखिएको यो परिवर्तन साँचै हृदयदेखिकै स्वीकारोक्ति हो कि प्रतिक्रियात्मक राजनीतिमा अभ्यस्त जड चिन्तनको परिणाम हो भनेर खुट्टयाउन भने कठिन छ । नेपाली काँग्रेसको प्रतिपक्षीय भूमिका कमजोर भयो भन्ने गुनासो जनस्तरबाट बाक्लै सुनिने गरेको हुनाले तत्काल समाजमा परेको प्रभावको नाडी छामेर मैदानमा उत्रने नौटङ्की मात्र हुन सक्दैन भनिहाल्न सकिन्न । जे होस्, असफल हुने निश्चित हुँदा हुँदै पनि शब्दावली संशोधनको लागि प्रस्ताव दर्ता ग¥यो । सदनमा जमेर छलफल चलायो । संशोधनको पक्षमा अन्तिमसम्म उभियो । यो कांग्रेसका लुला खुट्टा दरिन लागेको सं्रकेत हो भने उसको स्वाथ्यको लागि शुभ नै मानिने छभन्न सकिन्छ ।

दिव्य दुई घन्टा खर्चेर राष्ट्रपतिबाट पाठ गराइएको सरकारको नीति तथा कार्यक्रम वास्तवमा कार्यक्रमविहीन नीति थियो भन्नु आग्रह ठहर्दैन । श्रोत।हरूलाई दिक्क बनाउनेगरी सरकारको एकवर्षे कार्यकालका उपलब्धिको गनीटिपी वर्णन गरिएको थियो । त्यो न नीति थियो न कार्यक्रम ? त्यो त सरकारको अत्मरति मात्र थियो । इमान्दारीपूर्वक भन्नुपर्दा विगत एकवर्षको जनताको मुूल्याङ्कनमा सरकार पूर्णरूपमा असफल ठहरिएको छ । जनताको दृष्टिमा सरकारले प्रस्तुत गरेको गनिटिप्ीिलाई सरकारको उपलब्धि भनेर मान्न जनता तयारै छैनन् । त्यो त भैंसी चराउन भनेर पठाएको गोठालोले भैसी जङ्गलमै छाडेर घाँसको भारी बोकेर घर फर्केजस्तो नादानी हो भनेर जनताले ठानेका छन् । घाँसको उपयोगिता आफ्नो ठाउँमा रहन्छ तर घाँस खुवाउनुपर्ने भै्रसीहरू नै नरहेपछि घाँँसको के उपयोगिता रहन्छ र ? अवश्य, सरकारले सम्पन्न गरेका कामहरूको राष्ट्रिय जीवनमा उपयोगिता होला तर जनताले अपेक्षा गरेको कुरा त्यो थिएन । अर्थात जनताले चाहे खोजेजसरी सरकारले कामदेखाउन नसकेको कुरा हजार प्रतिशत सत्य हो ।

यसपटकको नीति तथा कार्यक्रममा परेको ‘समाजिक सुरक्षा भत्तामा गरिने बृद्धि’ को आश्वासन जनताको दृष्टिमा सरकारले एकवर्षमा गरेका हजार कामको तुलनामा सयौं गुणा महत्वको ठानेका छन् । तर त्यसलाई सरकारको सदाशयता भन्दा जनताको असन्तुष्टि र दवावको परिणाम हो भन्ने मान्यता पनि समाजले बनाएको छ । केही बर्ष अगाडिसम्म दुरदूर्गमका गाउँठाउँहरूमा बर्खे खेतिबाली लगाउने बेला घर्कँदासम्म खडेरी प¥यो भने अखण्ड हरिकिर्तन गर्ने चलन थियो । संयोगबस हरिकिर्तनको ओल्तिरपल्तिर पानी परिहाल्यो भने त्यसको जस हरिकर्तिनलाई जान्थ्यो ।

यसपटकको नीति तथा कार्यक्रममा परेको ‘समाजिक सुरक्षा भत्तामा गरिने बृद्धि’ को आश्वासन जनताको दृष्टिमा सरकारले एकवर्षमा गरेका हजार कामको तुलनामा सयौं गुणा महत्वको ठानेका छन् । तर त्यसलाई सरकारको सदाशयता भन्दा जनताको असन्तुष्टि र दवावको परिणाम हो भन्ने मान्यता पनि समाजले बनाएको छ । केही बर्ष अगाडिसम्म दुरदूर्गमका गाउँठाउँहरूमा बर्खे खेतिबाली लगाउने बेला घर्कँदासम्म खडेरी प¥यो भने अखण्ड हरिकिर्तन गर्ने चलन थियो । संयोगबस हरिकिर्तनको ओल्तिरपल्तिर पानी परिहाल्यो भने त्यसको जस हरिकर्तिनलाई जान्थ्यो । हो, यसपटकको सामाजिक सुरक्षा भत्ता बृद्धिको किस्सा पनि त्यस्तै भएको छ । दिनेले होइन, माग्नेले जस पाउने परिस्थिति निर्माण भएको छ । ‘बेलाको राग, कुबेलाको वैराग’ भनेजस्तो दिनु पनि छ जस नपाउनु पनि छ भनेजस्तो परिस्थिति बनेको छ ।

 रेल, पानी जहाज र जेटविमान अवतरण गराउने मिल्ने सडकसंरचनाको सपना होइन, नेपालीले आफ्नै मुलुकमा श्रमपसिना भिजाएर विहान बेलुका हातमुख जोर्न सकिने योजना सरकारले बनाइदिए पो हुन्थ्यो !

उटपट्याङ् नै भए पनि सधै नयाँ नयाँ योजना सुनाउने प्रधानमन्त्रीको वानीसँग नेपालीहरू अभ्यस्त भैसकेका छन् । दिव्य दशवर्षमा पनि आउन सम्भव नहुने चिनियाँ रेल आजै आउँछ, भोलि नै आइपुग्छ भन्ने ढङ्गका आख्यानहरू सुनाइन्थे । कहिले काठको डुङ्गासमेत राम्रोसँग चलाउन नसकिने नदीहरूमा साना पानी जहाज कुदाउने हल्ला चलाइयो र गतेमिति नै तोकेर पानीजहाज यात्राको लागि टिकट बुकिङ्ग गर्न आह्वान समेत गरियो । यसपटक पनि एउटा नयाँ कुरा आएछ :– राजमार्गहरूको विस्तार आपतकालमा जेटविमान अवतरणका लािग प्रयाप्त हुने गरी निर्माण गरिने रे ! भएको एउटा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको हालत विरक्तिलाग्दो छ । निर्माणधीन थप विमानस्थलहरू कहिलेसम्म अवरतण उडान गर्नमिल्ने गरी तयार भैसक्ने हुन् ? मेलम्त्रीको नियति दोहोरिने छैन भनेर समाज आश्वस्त हुने ठाउँ छैन । निजगढ विमानस्थलको लागि आवश्यक जमिनको जोहो धरी हुन सकेको छैन भनिन्छ । निर्माण सम्पन्न भएको भनिएको ८८ हजार किमि सडकमध्ये ८० हजार किमि सडकको हैसियत सडक भन्न लायकको छैन । दैनिक सडक दुर्धटना निम्तने मुख्य कारण सडकको कमजोर स्तर नै हो भनेर विज्ञहरूले भन्छन् । जनताले खोजेको विकास जनताको दैनिक जीवनमा स्पष्ट देखिने सामाजिक आर्थिक परिवर्तन हो । माननीय सांसद प्रदिप गिरिले भनेझै नेताहरूले आफ्ना सपनालाई जनताका सपना भनेर दावी गर्ने गरेका छन् । जनताको पहिलो आवश्यकता हातमुख जोर्नु हो । देशको एकतीहाई जनसंख्या देशबाहिर जान वाध्य हुनुको कारण त्यही हो । रेल, पानी जहाज र जेटविमान अवतरण गराउने मिल्ने सडकसंरचनाको सपना होइन, नेपालीले आफ्नै मुलुकमा श्रमपसिना भिजाएर विहान बेलुका हातमुख जोर्न सकिने योजना सरकारले बनाइदिए पो हुन्थ्यो ! -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here