दयाहाङ स्टाररको नयाँ गीत सार्वजनिक (भिडियो)

5

काठमाडौं / अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘‘आप्पा’ को नयाँ गीत सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । आगामी जेठ २४ गते प्रदर्शन हुने पक्का भएको छ । चलचित्र आगामी असार १३ गतेबाट अधिराज्य भरिका हलहरुमा प्रर्दशन हुने भएको छ । सार्वजनिक‘अमला’ गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ ।

हर्क साउदको शब्द समावेश गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत रहेको छ । गीतको भिडियोको निर्देशन रेनाशा वान्तवा राईले गरेकी हुन् । भने, किरण थापा, बुद्ध लामा र सुरैन राईले कोरियोग्राफी छ । रवी न्यौपानेले छायांकन गरेको गीतमा निमेष श्रेष्ठको सम्पादन छ । गीतको भिडियोमा दयाहाङलगायतका कलाकार फिचर्ड छन् । गीतमा उनी फरक लुक्समा प्रस्तुत छन् । चलचित्रमा उनले एक छोराको पिताको भूमिका निभाएका छन् । बाबु—छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता गरेका छन् । ‘आप्पा’ मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङका अलावा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

‘आप्पा’ मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । चलचित्रको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here