‘यात्रा’ चलचित्रको आम्दानी १ करोड ७५ लाख पुग्यो

14

काठमाडौं / गत शुक्रवारबाट देशभर प्रदर्शनमा भएको नेपाली कथानक चलचित्र ‘‘यात्रा’ ले प्रदर्शनकोे तीन दिनमा घरेलु बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भएको छ ।  युवा स्टार सलिनमान बनिया अभिनय गरेको एकसाथ प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘ए मेरो हजुर ३’ ले व्यापारमा ठूलो असर गरे पनि फिल्मले तीन दिनमा डेढ करोडमाथि व्यापार गरेको निर्माता तथा वितरक शुशील पोखरेलले खुलाशा गर्नु भयो ।

प्रदर्शनको पहिलो दिन शुक्रवार राजधानीमा २५ लाख र मोफसल २० लाख व्यापार गरेको चलचित्रले दोस्रो दिन आइतबार राजधानीमा ३० लाख र मोफसलमा २५ कमाउन सफल भएको छ । यस्तै, तेस्रो दिन आइतबार चलचित्रले राजधानीमा ४० लाख छाप्दा मोफसलमा ५ लाख कम कमायो । अर्थात्, ३५ लाखको विजनेश गरेको निर्माता पोखरेलकोे भनाई छ । यस चलचित्रले तीन दिनको कमाई जोड्दा कुल १ करोड ७५ लाख ग्रस हुन आउँछ ।

यो तीन करोडको आसपासमा निर्माण भएको फिल्म हो । यसले घरेलु बजारबाट लगानी उठाउन मात्र ९ करोडमाथि व्यापार गर्नुपर्ने छ । नेपालबाटै लगानी सुरक्षित गर्न यो चलचित्रले बक्सअफिसमा अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । सोलो रिलिज पाएको भए चलचित्रलाई लगानी उठाउन सम्भावना हुन्थ्यो पनि होला । तर, साथमा अर्को ठूलो चलचित्र रिलिज भएका कारण ‘यात्रा’ लाई लगानी उठाउन गाह्रो पर्ने देखिन्छ ।

तर, निर्माता पोखरेलले वर्ड अफ माउथ बलियो भएका कारण चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण चलचित्र लामो समयसम्म हलमा टिक्ने देखिन्छ । नेपालबाट आधउधी लगानी उठ्यो भने डिजिटल राइट्स र विदेश प्रदर्शनबाट करीब करीब हामी सुरक्षित हुने अवस्था छ । उनले सोमवार पनि फिल्मले देशभर राम्रो व्यापार गरेको बताएका छन् ।

सम्राट शाक्य निर्देशित फिल्ममा मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रमा प्रविन सिंहको कोरियोग्राफी छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here