भारतमा गाईले कुखुरा खाएपछि …

6


एजेन्सी / हुन त गाईलाई साकाहारी जनावर भनिन्छ । त्यसमा पनि कुखुराको मासु खान्छ भनेर कसैले पनि विश्वास गर्दैन होला तर भारतमा भर्खरैमात्र यस्तो अनौठो घटना घट्यो सुन्दाखेरि विश्वासै नलाग्न सक्छ । यो घटना भारतको महाराष्ट्रस्थित बुलढाणा जिल्लामा पर्ने टाकरखेड गाउँमा भएको घटना हो । गाईले मासु मात्र होइन, जिउँदो कुखुरा समेत मारेर खाएका थिए ।

उक्त गाउँमा किसान बारस लोनागरेले पालेको एउटा गाईले एकपटक होइन, दुईपटक कुखुरा खाएको गाउँलेले देखे । यसरी गाईले कुखुरा खाएको घटनाले ठूलै तहल्का मच्चायो । उक्त गाईले आफ्नो अगाडि परेको कुखरालाई मारेर त्यसलाई चपाएर निल्ने गरेको स्थानीयले बताएका छन् । वैज्ञानिकहरुका भनाइ अनुसार गाईले यसरी कुखुरा खानु एकदमै दुर्लभ घटना हो । शाकाहारी जनावरले सामान्य अवस्थामा मासुजन्य चिज खाँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here