मोहनविक्रम सिंहको अर्को यथास्थितिवादी मोह

4

-हुकुमबहादुर सिंह

नेकपा(मसाल) जसले आफूलाई उसको जन्मदेखि नै रुपमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुंगविचारधारा मान्ने भन्दै आएको छ तर सारमा उसको त्यसप्रति खासगरी त्यसको क्रान्तिकारी स्प्रीटलाई सधै पछाडि धकेल्ने नभए यथास्थितिमा नै राख्नेमा जोड रहँदै आएको इतिहास छ । २०४८ सालको निर्वाचनमा बहिष्कार गरेको पार्टीले त्यसपछिका आजसम्मका सबै निर्वाचनलाई उपयोगको नाममा भाग लिँदै आएको छ, सारमा उसले संसदवादलाई बलियो बनाउँदै छ । त्यसभित्रका क्रान्तिकारीहरुलाई भ्रममा पारिरहन सधैँभरि लेख र दस्तावेजमा जनवादीक्रान्तिको कुरा गर्दछ र त्यसप्रतिको पहलकदमीमा सधँै यो वा अर्को बहानामा त्यसलाई टाढाको विषय बनाउँदै आएको छ । र २०५२ सालदेखि आजसम्म उसले नेकपा एमालेको सहयोग र समर्थनमा संसद र संसदबाहिर काम गर्दै आएको इतिहास साक्षी छ । उसको यो क्रम झन बढदै गएको छ । वर्तमानमा हरतरहबाट ओली सरकारको बचाउ उसको अभिष्ट रहँदै आएको छ । यद्धपि रकमी भाषामा उसले बीच बीचमा सरकारका नीति र कार्यक्रमहरुको विरोध पनि गर्ने गर्दछ, ताकि पार्टीभित्रका क्रान्तिकारी कमरेडहरुको प्रश्नमाथि छेकवार ल्याउने काम गरोस् ।

भर्खरै उक्त पार्टीले एउटा अर्को छलि काम गरेको छ । प्रगतिशील लेखक तथा कलाकारहरुको सरकारी नेकपा अब सामन्तवाद तथा साम्राज्यवाद विरोधी शक्ति रहेन र एउटा देशभक्तको शक्ति पनि रहेन । त्यो अब एउटा दलाल तथा नोकरशाहहरुको चाकडीमा सरकार चलाउनेहरुको जमात हो त्यसैले सरकारवादी लेखक तथा कलाकारहरुसित मिलेर प्रलेस निर्माण गर्दा माओवादी साहित्यकार तथा कलाकारहरुमा काफी भ्रम पर्न जाने भएकाले सरकारी प्रलेस नबन्ने वक्तव्य निकालेको सन्दर्भमा मसालको यो यथास्थितिवादी वक्तव्य आएको हो र उसले साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत प्रलेसवारे पनि त्यही नीति कार्यान्वयनमा जोड दिएर वक्तव्य निकाल्ने काम मात्रै गरेको छैन, सरकारी नेकपासित मिलेर प्रलेसमा भागवण्डाबाट प्राप्त हिस्सा पाएको छ । उक्त पार्टीको वक्तव्यमा भनिएको छ–’प्रलेसको एकताबद्ध परम्परालाई कायम राख्न’ मसालले अनुरोध गरेको छ । उक्त बक्तब्यमा पार्टीका प्रबक्ता रामप्रकाश पुरीले भनेका छन् –‘पार्टीले सामन्तवाद तथा साम्राज्यवाद विरोधी साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत भएको’ जनाइएको छ । यो भनाइले दुई अर्थ लाग्दछ । पार्टीले यस्तो कार्यलाई विरोधी पक्षलाई फाइदा पुग्ने जनाएको छ । तर को हो यहाँनेर विरोधी पक्ष स्पष्ट छैन । क्रान्तिकारी कम्युनिस्टका लागि त वर्तमानका लागि विरोधी पक्ष भनेको सरकारी नेकपा नै हो । तर त्यसको विरोधमा लागेका प्रगतिशील लेखकहरुलाई उसले भन्दछ–‘केही प्रगतिशील साहित्यकारहरुले प्रलेसबाट बाहिरिएको घोषणा गरेको सन्दर्भमा पार्टीले प्रलेसको एकतावद्ध परम्परालाई कायम राख्न प्रलेसमा नै आबद्ध भएर अगाडि बढन अनुरोध’ गरेको छ । यहा“नेर प्रलेसमा नै आबद्ध भएर अगाडि बढ्ने भनेको मसालकै शब्द सापटी लिएर भन्दा सरकारी नेकपाको पुच्छर समाएर सरकारी प्रलेसको एक हिस्सा बन्ने हो ।

उल्लेखित वकतव्य आफैमा विरोधाभाषपूर्ण छ । मसालका महामन्त्रीले सधैभरी पार्टीमा विरोधाभाषपूर्ण लेख तथा वाक्यहरु राखेर दुई अर्थ लाग्ने किसिमले लेख्ने परम्परालाई त्यसका प्रबक्ताले पनि पच्छाएको पाइयो । यहा“ भनिएको छ– ‘पार्टीले सामन्तवाद तथा साम्राज्यवाद विरोधी साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत भएको जनाइएको छ ।’ यसको सहज अर्थ प्रलेस सामन्तवाद तथा साम्राज्यवाद विरोधी साझा मान्यता बोकेको एउटा संस्था हो । त्यसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत हुन जान्छ भने पछि के गर्ने त भन्नेमा उनको उत्तर छ –‘पार्टीले यस्तो कार्यलाई विरोधी पक्षलाई फाइदा पुग्ने हुन्छ । त्यसैले प्रलेसको एकतावद्ध परम्परालाई कायम राख्न प्रलेसमा नै आबद्ध भएर अगाडि बढन अनुरोध गरेको छ । घुमीफिरी रुम्जाटार भनेको यही हो’ –घुमाइ फिराई सरकारी नेकपाभक्ति । यहा“ प्रलेसलाई एकतावद्ध गर्ने आधार के रहदै आएको छ ? प्रबक्ता भन्दछन् –‘सामन्तवाद तथा साम्राज्यवाद विरोधी साझा मान्यता नै त्यसको आधार हो । उनको विचारमा सरकारी नेकपाले त्यो चरित्र बोकेको छ । त्यसैले त्यसका लेखक तथा संस्कृतिककर्मिहरुले सरकारी नेकपाको नेतृत्वमा सामन्तवाद तथा साम्राज्यवादविरोधी आन्दोलनमा भाग लिने छन् । सारंशमा मसालको दृष्टिकोणमा वर्तमान सरकारी नेकपा एउटा सामन्तवाद तथा साम्राज्यवादविरोधी शक्तिको सरकार सञ्चालन गरिरहेको छ । यो कस्तो माक्र्सवादी विश्लेषण हो ? मसालका लागि यो कुनै नयाँ  होइन । विगतमा पनि माक्र्सको दुई सय वर्षको बार्षिक उत्सव मनाउने कायक्रममा माके र एमाले, विशेषतः एमालेसित मिलेर माक्र्सको प्रशंसा गर्दै तर त्यसका मूल मान्यता–सर्वहारा वर्गको अधिनायकत्व, वर्ग संघर्ष र बल प्रयोगको माक्र्सवादी सिद्धान्तमाथि आक्रमण गर्दै हातमा हात र काँधमा काँध मिलाएर त्यसको नाममा लाखांै डलरको आम्दानी र नेपालमा ठूला–ठूला होटेलहरुको मेजमानीमा सहभागी बन्यो । विगतमा मोहनविक्रम सिंहले पुष्पलालले नेपाली कांग्रेससित मिलेर नेपालबाट राजतन्त्रको अन्त्य गर्नु पर्दछ भनेकोमा पुष्पलाललाई कांग्रेसको पुच्छर र गद्दार समेत भनेका थिए । बिपिलाई भारतीय दलाल भनेका थिए । तर अहिले विपिभन्दा कैयौ गुणा भारतीय र अमेरिकी दलाल बनेको छ–ओली सरकार, जसलाई मोहनविक्रम राष्ट्रवादी दखिरहेका छन् ।

यसरी उनका निर्णयहरुले सारमा नेपालमा गणतन्त्रलाई पछि पार्ने काम गरेको इतिहास छ र यो काम उनले उक्त कार्यगत एकताले भारतलाई फाइदा हुन्छ भनिरहे र अहिले पनि नेपालका कम्युनिस्टहरु अब यो दलाल तथा नोकरशाही वर्गको सरकार र राज्यसत्ताका विरुद्ध जनगणतन्त्रको नारा अगाडि ल्याउनु पर्छ भन्दा यसो गर्न हु“दैन, यसो गरे राजतन्त्रले पुनस्थापित हुन बल पुग्दछ भनेर फेरी एकपटक यथास्थितिवादको पुच्छर समाउन पुगेका छन् । नेकपा (मसिाल)का प्रबक्ताले चैत्र २४ गते काठमाण्डौको भृकुटी मण्डपमा आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनको उद्घाटन भाषणको क्रममा भने–‘अहिले जनगणतन्त्रको नारा दिने समय भा छैन्, यसले नेपालमा राजतन्त्रको पुनस्र्थापनामा बल पुग्दछ । अहिले त भएका उपलब्धीलाई जोगाएर राख्नु पर्छ ।’ यो भन्दा हद दर्जाको यथास्थितिवाद के हुन सक्छ ? मोहनविक्रम सिंहको नेतृत्वको पार्टीको इतिहास सधैभरि यस्तै चरम यथास्थितिवादी धरातलमा जकडिंदै आएको छ । रुपमा क्रान्तिकारी तर सारमा यथास्थितिवादी दक्षिणपन्थी वर्तमानमा सारमा ओली सरकारको समर्थन । उनको यो इतिहास र वर्तमानको यथास्थितिवादलाई पहिचान गर्न सक्ने क्रान्तिकारी कार्यकर्ताहरुले यसका विरुद्ध आवाज उठाउने र नेपालमा जनगणतान्त्रिक व्यवस्थाको स्थापनामा जोड दिनु आवश्यक देखिएको छ ।

(लेखक रमेश विकल नेतृत्वको प्रलेसको केन्द्रीय समितिका सदस्य हुन् । )-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here