नियम र कानुन कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने छ : सञ्चार मन्त्री बाँस्कोटा

14

 काठमाडौं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुन कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने जनाउनुभयो । प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा सम्पन्न बैठकमा उहाँले एक हप्ताभित्र उपलब्धिमुलक कार्यक्रम बनाएर पठाउन आग्रह गर्नुभएको छ ।

बैठकमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने जनाउनुभयो । तयार भएका ऐन, विनियमावली, निर्देशिकाहरु यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी बर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने जनाउँदै आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षा बारे धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्नुभयो । उहाँले काउन्सिलको भौतिक सम्पति, आर्थिक बर्ष २०७५।७६ को नीतिगत, कानुनी उपलब्धी, पछिल्लो दुई बर्षमा भएका महत्पूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो । कार्यक्रममा बोर्ड सदस्यहरुले प्रादेशिक रुपमा काउन्सिलको कार्यालय स्थापना गरी त्यहिँबाट अनुगमन गर्नुपर्ने, मन्त्रालयबाट रोकिएका कामहरु यथाशीघ्र अघि बढाउनुपर्ने लगाएतका धारणा राख्नुभएको थियो।

कार्यक्रममा बोर्ड सदस्यहरु गोविन्द आचार्य, गोविन्द चौंलागाई, शुभेच्छाबिन्दु तुलाधर, संगीता खड्का, गोपाल बुढाथोकी, चेतनाथ धमला, इश्वरी ओझा त्यस्तै काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनाल आचारसंहिता अनुगमन (विद्युतीय) शाखा प्रमुख उप–प्रशासकीय रामशरण बोहरा लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here