प्रतिबन्ध लगाउने सरकारलाई जनस्तरबाटै प्रतिबन्ध लगाउने विप्लवको तयारी

10

काठमाडौं /  सरकारले आफ्नो पार्टीको शान्तिपूर्ण गतिविधिहरुलाई प्रतिबन्ध लगाएकोमा जनसत्ताले पनि सरकारलाई गाउँमा प्रतिबन्ध लगाउने भन्दै नेत्रविक्रम चन्द समूहले सरकारको प्रतिबन्ध लगाउने निर्णयकोे प्रतिवाद गरेको छ ।

विप्लव नेतृत्वको पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले हिजो राति सञ्चारमाध्यमलाई सो प्रतिक्रिया दिएका हुन् । सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर आफ्ना शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि सरकारले प्रतिबन्धको गर्न खोजेमा त्यसको जवाफमा आफुहरुले पनि सरकारलाई गाउँमा प्रतिबन्ध गर्ने नेता पुनल जनाए ।

निरंकुश राज्यको चरित्र प्रदर्शन गरेको भन्दै उक्त कदमको सशक्त रुपले प्रतिवाद गर्ने जनाउँदै उनले सरकारका कुनैपनि गतिविधि गाउँमा जान नदिने र त्यसको विरुद्धमा आफ्नो पार्टी उत्रिने भन्दै राज्यलाई चेतावनी दिएका छन ।

उनले भने–‘आफैले बनाएको संविधान र कानुन विपरित उनीहरु हाम्रो पार्टीलाई शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध गर्दै छन, । यो अघि बढेमा जनसत्ताले पनि उनीहलाई प्रतिबन्ध लगाउँछ ।’

उनले सरकारले निर्णय निरंकुश पञ्चायति व्यवस्थाको झल्को दिएको तर्क गर्दै त्यसको विरुद्ध जनताहरुको समर्थन सहित सशक्त प्रतिकार गरिने भन्दै राज्यलाई चेतावनी दिएका थिए ।

उनले केपी, प्रचण्डको सरकार सामाजिक फासिवादतर्फ उन्मुख रहेको भन्दै पार्टीका गतिविधिमा प्रतिबन्ध गर्न उद्धत भएमा सरकार र संसदीय दलका नाइकेहरुलाई जनस्तरबाटै वहिस्कार हुने जनाए ।

NO COMMENTS

LEAVE A REPLY