प्रसंशा बटुल्दै ‘जाउँला रेलैमा’ सार्वजनिक

13

नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा नयाँ र उत्कृष्ट सृजना थपिएको छ । सल्यानमा जन्मीएर देश विदेशमा आफ्नो चर्चा बढाउन सफल गायक भागीरथ चलाउनेले गत शनिबार मात्रै सार्वजनीक गरेको जाउँला बरिलै बोलको गीतले धेरैको प्रशंशा पाइरहेको छ ।

यस अघि पनि उत्कृष्ट गीत ल्याउने र निरन्तर संगीत क्षेत्रमा लागीरहेको गायक भागीरथ र छुट्टै पहिचान बनाएकी गायीका विष्णु माझीको स्वरमा सजिएको निकै मर्मस्पर्शी गीत जाउँला बरिलै ले सानो र ठूलो जातको युवा युवतीको प्रेम कथा बोलेको छ । गायक चलाउने र सन्तोष विसीको पहलमा गीत रेकर्ड गरिएको हो ।

गीत राम्रो बनेको प्रतिक्रिया साथीहरु तथा श्रोता र दर्शकहरुले दिइरहेको उनले जनाए । गीतमा तल्लो जातको युवकले माथिल्लो जातकी युवतीसँग गरेको प्रेम र ती दुई जोडीले खेप्नु परेको पीडा तथा गाउँ समाजको अन्यायलाई देखाइएको छ ।
म्युजिक भिडियोको कथा र गीतका शब्दमा तल्लो जातको युवकले माथिल्लो जातको व्यक्तिलाई रगत दिएको चल्ने तर मायाप्रेम किन नचल्ने भनेर प्रश्न उठाइएको छ । गीतमा शब्द सन्तोष विसी र भीम लामाले लेखेका छन् । विसी र लामाले लेखेका गीतका शब्दहरू दमदार छन् । गीतको लय भने गायक भागिरथ लचलाउने स्वयंले बनाएका हुन् ।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘जाउँला बरिलै’का एरेञ्जर विनोद बाजुराली हुन् । गीतको रेकर्डिङ राजेन्द्र बाजुरालीले गरेका छन् । मिक्सि खड्ग बाजुरालीले गरेका हुन् । करण चैसिरको छायाँकन रहेको म्युजिक भिडियोका परिकल्पना गायक भगिरथ चलाउनेले गरेका हुन् । भिडियोको निर्देशन र सम्पादन प्रवीन भट्टको रहेको छ । म्युजिक भिडियोमा देवेबन्द्र बब्लु, रविना अधिकारी, जुना गुरुङ, कल्याण रत्न कार्की, उदय कार्की, पूर्णिमा कार्की, ध्रुब कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here