संसदभित्रै प्रधानमन्त्री ओलीको राजिनामा माग गरियो

3478

काठमाडौं/ बुधबार प्रतिनिधिसभाको विशेष समयमा समसायिक विषयमा धारणा राख्दै सरकारसंविधानअनुसार नचलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

उनले सरकार स्वइच्छाचारी ढंगले चलेको, लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गरेको आरोप लगाउँदै बर्दियामा प्रहरीले नियन्त्रणमा लिइएका राममनोहर यादवको मृत्युले सरकारको स्वच्छाचारीता देखिएको जनाएका छन् ।

सिंहले विदेश जान लागेका लेलिन बिष्टलाई रोकेर अर्को कानुनविपरीत काम गरेको आरोप लगाए । उनले प्रतिनिधिसभाको विशेष समयमा भने, ‘व्यक्ति व्यक्तिले सरकारसँग स्वीकृति लिन सकिन्छ ?पासपोर्टमा लेखेको पढ्न नजान्ने पनि कर्मचारी हुन्छ ?’

NO COMMENTS

LEAVE A REPLY