सिलिण्डर बिना पाइपबाट आयो ग्याँस घर–घरमा, ग्याँस चुल्होको बटम खोल्दै प्रधानमन्त्री ओली

45

विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सिलिण्डर बिना पाइपबाट ल्याएको ग्याँस को घर–घरमा ग्याँस हुर्रर्र बालेर देखाए ।

मंगलबार विराटनगर महानगरपालिका वडा नं १४ स्थितको गाउँमा पुगेका प्रधानमन्त्रीले त्यहाँ निर्माण गरिएको एउटा ग्याँस प्लान्टको स्वीच खोले र लगत्तै चुल्हो बाले । प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बनेको छ महिनामै ३२ घरका स्थानीयबासीले सिलिण्डर बिना पाइपबाट ल्याएको ग्याँसबाट खाना पकाउन पाउने भएका छन् । अब ३२ घरको भान्सामा विदेशी ग्याँस होइन, नेपाली गाईबस्तुको गोबरबाट उत्पादन गरिएको ग्याँसबाट दैनिकी चल्ने सम्भव भएको छ ।

ग्याँस चुल्होको बटम खोल्दै प्रधानमन्त्री ओलीले भने, ‘सिलिण्डर हटाउन समस्या छैन, केही समय लाग्न सक्छ ।’
प्रधानमन्त्री ओलीसँगै कानुन तथा संघीय मामिला मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन साथै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि सहभागि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here