युगान्डामा पाँच वर्षीय बालकमा इबोला संक्रमण

5

एजेन्सी / युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन।

छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले जनाए । कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो। सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस फैलिएको थियो। उक्त संक्रमणका कारण इबोलाबाट २० जना र मारबर्गबाट ९ जनाको ज्यान गएको थियो।

इबोला ज्यादै संक्रामक रोग हो। इबोला भएका मानिसको शरीरले अर्को व्यक्तिलाई छोएमा अर्को इबोला संक्रमित हुन्छ। उच्च ज्वरो, झाडा र आँखा रातो हुनु यस रोगको लक्षण हो। विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने दर ज्यादै बढी हुन्छ अर्थात् यस रोगबाट पीडित व्यक्तिको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here