१५ दिनका लागि चिकित्सकआन्दोलन स्थगित

8

 काठमाडौं / सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन चिकित्सकले १५ दिनका लागि स्थगित गरेका छन् । चिकित्सकले शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारलाई माग सम्बोधन गर्न १५ दिनको समय दिएका हुन् ।

समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा अवरुद्ध पार्दैै आएका चिकित्सकले स्थगित गरेका हुन् । ‘अध्ययन बिदामा रहेका र विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमतिपछि आन्दोलन स्थगित गरेका हौँ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

वार्तामा १५ दिनभित्र मन्त्रिपरिषद्बाट सहमतिका बुँदा पास गर्ने सहमति भएको चिकित्सकले जनाउँदै तोकेको समयमा सहमति पालना भए आन्दोलन फिर्ता हुने र नभए पुनः सेवा अवरुद्ध पार्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here