जेष्ठ नागरिक कोषका सभापति कर्माचार्य अस्पताल भर्ना

5

काठमाडौ / जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यलाई अस्पताल भर्ना गरिएको छ । बिहिबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि सानेपास्थित मेघा अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

मेघा अस्पतालले वृद्धा वृद्धलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । मेघा अस्पतालमा वृद्धा वृद्धलाई ५० प्रतिशत छुटको व्यवस्था यसअघि नै भए पनि त्यो सबैलाई जानकारी थिएन ।

जेष्ठ नागरिक कोषका अध्यक्ष कर्माचार्यलाई त्यहाँ लगि उपचार गरेपछि सो कुरा बाहिर बढि प्रचारमा आएको छ । कार्माचार्यको स्वास्थ्यमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले छुट गरेको छ । सो कुराको एक कार्यक्रम गरी जानकारी गराईएको थियो ।

सो अवसरका अस्पतालका अध्यक्ष किशोरजंग राणाले आफूहरुलाई वृद्धावृद्धलाई अस्पतालमा यस्तो सहयोग गर्न पाउदा खुसी भएको जनाउँदै जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले एक विज्ञिप्ति निकालेर वृद्धावृद्धलाइृ सहयोग गरेकोमा धन्यावाद समेत ज्ञापन गर्नुभयो । आगामी दिनमा लोककल्याणकारी काममा अझ अगाडी बढ्ने प्रण गर्नुभयो ।

NO COMMENTS

LEAVE A REPLY