एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीमा

6

काठमाडौं / एन आई सी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिका ६ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटनको क्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत शाखा विस्तार गरि सेवा सुविधा दिदै गएकोप्रति बैंकको प्रशंसा गर्नु भयो । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई पालना गर्दै जाने बताएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना पनि अगाडि सारेको छ ।

NO COMMENTS

LEAVE A REPLY